A Virtual Co-creation Center

sdiToronto

Skills, Knowledge & Technology Transfer

Disruption through Innovation

sdiToronto is a pioneering company dedicated to facilitating the transfer of knowledge, skills, and technology from Canada to the global stage. Focused on the dynamic fields of commercializing food, healing food, and herbal medicine, sdiToronto aims to drive disruptive innovation through a collaborative co-creation approach. By leveraging the diverse expertise and resources of its network, sdiToronto actively fosters partnerships and collaborations to propel the development and commercialization of cutting-edge solutions. With a strong commitment to bridging gaps and promoting sustainable practices, sdiToronto is at the forefront of revolutionizing industries and positively impacting communities worldwide. 

The Knowledge and Technology Transfer from developed countries to developing countries is significant and far-reaching. It plays a crucial role in promoting global development, fostering economic growth, and reducing inequalities. Here are some key values associated with these sdiToronto private initiatives:

Overall, the value of Knowledge and Technology Transfer Programs lies in their potential to empower, uplift, and catalyze positive change in developing countries, enabling them to harness knowledge, technology, and innovation for sustainable development and inclusive growth.

sdiToronto is a pioneering company dedicated to facilitating the transfer of knowledge, skills, and technology from Canada to the global stage. Focused on the dynamic fields of commercializing food, healing food, and herbal medicine, sdiToronto aims to drive disruptive innovation through a collaborative co-creation approach. By leveraging the diverse expertise and resources of its network, sdiToronto actively fosters partnerships and collaborations to propel the development and commercialization of cutting-edge solutions. With a strong commitment to bridging gaps and promoting sustainable practices, sdiToronto is at the forefront of revolutionizing industries and positively impacting communities worldwide. 

Knowledge, skills, and technology transfer program of sdiToronto involve the sharing and dissemination of expertise, know-how, and technological advancements from one entity or location to another. The process can vary depending on the specific context and parties involved, but here's a general overview of how knowledge, skills, and technology transfer works:

By following these steps and maintaining a collaborative approach, knowledge, skills, and technology transfer can contribute to economic development, capacity-building, and innovation, fostering positive change and progress in various sectors and communities.

The root cause of Innovation Deficit: 

Nepal focus Co-creation

 for 

Disruptive Innovation

The Knowledge, Skills, and Technology Transfer Program

Nepal focus Co-creation

 for 

Disruptive Innovation

संसारका १५ हजार जातिका वनस्पतिमध्ये ३ हजार ७ सय एरोमेटिक र मेडिसिनल मूल्य बोकेका छन् । नेपालका रैथाने सात हजार वनस्पतिमा १ हजार ५ सय त्यस्ता वनस्पति भेटिएका छन् र १ सय ४० भन्दा बढी औषधीय उपजको त सक्रिय कारोबार नै छ। हालसम्मको नेपालका वनस्पतिको अध्ययन चाहिँ आयुर्वेदिक महत्त्वलाई ध्यानमा राखी गरिएको छ । ती वनस्पति उन्नत अनुसन्धानको सिजनिङ, सेनिटरी क्लिनर, जैविक विषादी आदिमा पनि उपयोग हुन सक्छ । नयाँ पुस्ताले पछि विकास गर्ने हरेक कुरामा कतै न कतै उपयोग भइहाल्छ।

 मेटेरिया मेडिका अफ आयुर्वेदले भनेको छ, संस्कृतमा त्यस्तो कुनै एक अक्षर छैन, जुन मन्त्र नहोस्, यो पृथ्वीमा त्यस्तो कुनै जरा छैन, जसको खाना वा औषधि नहोस्। नेपालको विकासमा कायापलट आउने गरी प्रभाव दिन सक्ने कुनै क्षेत्र छ भने त्यो एरोमेटिक र मेडिसिनल भ्यालु बोकेका वनस्पति र जीवाणु नै हुन। नेपाल भविष्यको मेडिसिनल र एरोमेटिक पकेट क्षेत्र मानेको हो।

आज नेपालमा हल्ला गर्ने हैन चुपचाप आफ्नो हैसियतले भ्याए र पुगे सम्म नेपाल बाहिर काम र व्यवसायमा रहेका, नेपालमा हस्तान्तरण गर्न योग्य सीप र ज्ञान समेत आर्जेका तर अन्ततः नेपाल नै फर्कने अनिश्चितता रहेका जनशक्तिको सीप, ज्ञान र  प्रविधिलाई नेपाल भित्र्याएर मातृभूमिको निस्स्वार्थ सेवा गर्ने अभियानको जरुरी महसुस भएको छ।

 विशेष गरी क्यानडा र अमेरिकी क्षेत्रमा रहेको ज्ञान,  सिप र प्रविधि भर्चुअल रिटर्नको विकल्प मार्फत नेपाल भित्राउने अभियान अन्तर्गत हामी समर्पित बनेका हौ।

कार्यक्रमको पहिलो खुड्किलो  

कार्यक्रमको पहिलो खुड्किलो अन्तर्गत नेपालमा विद्यमान  सिप, ज्ञान र  प्रविधिको खाडल र खाडल पूर्ति गर्नको लागि गर्न सकिने सम्भावित विकल्प हरू बारे जन चेतना जगाउने हुने छ।

 जस अन्तर्गत नेपालका विभिन्न मिडिया हरूमा आफ्नो विचार, लेख र प्रतिक्रिया हरू उपलब्ध गरेर भर्चुअल अभिमुखीकरण र समाचार सम्प्रेषणको कार्य हरू नियमित गरिनेछ।नेपालजस्तो मुलुकको विकासका लागि मुलुकलाई स्थानीय कच्चा पदार्थ र श्रममा आधारित उद्यमशीलतामार्फत हाताहाती प्रतिफल दिलाउन सक्ने धेरै ईनोभेटिब कम्पनी र संस्थाहरूको स्थापनाको विकल्प छैन।

 हाल नेपालमा ईनोभेटिब कम्पनी र संस्था हरुको अनिवार्य स्थापना खट्किएको छ। स्थापनाको अनिवार्य पूर्वाधार भनेको नेपालमा इनोभेसनको कल्चर स्थापना गर्नु हो। जसको लागि  नेपाल स्थित प्राविधिक शिक्षालय, विश्वविद्यालय र अन्य रिसर्च संस्थाले ईनोभेटिब कम्पनी र संस्थाका लागि पर्याप्त मात्रामा दक्ष तथा अर्धदक्ष जनशक्ति उपलब्ध गराउन सक्नु हो।

 मुलुकमा विद्यमान हालको तालिम र शिक्षण प्रक्रिया मुलुकको आवश्यकताको पूर्ति गर्न सक्षम नदेखिएकाले पाइलट प्रोजेक्टको रूपमा सामुदायिक नलेज इन्कुबेसन र प्रविधि हस्तान्तरण निकायहरूको भ्रूण स्थापना गर्न जरुरी देखिएको छ।

 मुलुक भित्र आवश्यक ईनोभेटिब कम्पनी र संस्थाहरूको स्थापना र प्रवर्धनको लागि राष्ट्रिय नलेज एन्ड पार्टनरसिप ब्रिजेज कार्यक्रमहरू सशक्त हुनु जरुरी छ।

 मुलुक भित्र मुलुककै स्थानीयतामा आधारित कृषि जन्य उद्यम विकासको लागि स्थानीय स्तरमा प्राविधिक शिक्षालय र विश्वविद्यालय मार्फत सिप हस्तान्तरण गरिने र स्थानीय उद्यमशीलता प्रवर्धनमा स्टार्टअपका लागि जरुरी हुने प्राविधिक ज्ञान र इनोभेटिब कच्चा पदार्थ उपलब्ध गराउने निजी क्षेत्रको सहभागिता रहेको स्थानीय आइडिया इन्कुबेटरर्स स्थापनाको जरुरी देखिन्छ।

 जब स्थानीय उद्यमशील उद्यमीहरूसँग मिलेर प्राविधिक शिक्षालयहरूले मुलुकको सन्दर्भमा कस्ता–कस्ता उद्यम विकास गर्न सकिएला भनी गृहकार्य गरिन्छ, तब स्थानीय वातावरणमा जरुरी हुने सीपमूलक तालिम प्याकेजको विकास हुन्छ।

 आफ्नै हावापानी, माटो र उपलब्ध कच्चा पदार्थ र सीप सुहाउँदो पाठ्यक्रमका प्याकेजहरूले स्थानीय स्तरमा सक्षम र ईनोभेटिब उद्यमहरूको विकास गराउँछ। विकसित मुलुकहरूको उन्नतिको राज को-कॄएसनले दिने उद्यमशीलताको फाइदा नेपाल पनि उठाउन सक्ने छ।

 कार्यक्रमको दोस्रो खुड्किलो

नेपालको उद्यमशीलताको लागि कृषि र हर्बल क्षेत्रको इनोभेटिभ बढी अफ नलेज स्वदेशी तथा बिदेसी सङ्घ संस्था हरुको समेत सहयोगमा नेपाल भित्राउन को कॄएसन इनोभेटिभ इन्कुबेटरको रूपमा नेपाल भित्र्याउन जरुरी बनेको छ। एकातर्फ प्राविधिक र भोकेसनल तालिम प्याकेजको विकास गर्न  जरुरी छ भने अर्को तर्फ को-क्रिएसनमा आधारित इनोभेसनमा प्रत्यक्ष योगदान दिन।

 उक्त प्रयास लाई सार्थक बनाउन क्यानडाको टोरन्टोमा आफ्नो फुट प्रिन्ट स्थापना गरेको निजी सिप, ज्ञान र  प्रविधि हस्तान्तरण र आइडिया इन्कुबेसन सेक्टरमा कार्यरत “स्कुल अफ डिसरप्टिव इनोभेसन टोरन्टो” सँग तलको उद्देश्य प्राप्तिको लागि मेमोरेन्डम अफ अन्डरस्ट्यान्डिङ सहित सहमति बनेको छ।

 मेमोरेन्डम अफ अन्डरस्ट्यान्डिङ

को-क्रिएसन मा आधारित इनोभेसनका लागि नेपाल स्थित उद्योगहरू सँगको सहकार्य (को-कॄएसन)मा उद्योगहरूमै व्यावहारिक अनुसन्धान गरिने छ।

 उद्योगहरूमा हुने त्यस्ता को-कॄएसन आफ्नै मुलुकभित्र बजार जमाइरहेका अन्तर्राष्ट्रिय कम्पनीका उच्च इनोभेटिभ उत्पादन सकेसम्म स्थानीय रूपमै उपलब्ध कच्चा पदार्थ र जनशक्तिको प्रयोगबाट प्रतिस्थापन गर्ने उद्देश्य लिइने छ।

 स्थानीय स्तरमा उच्च इनोभेटिभ उत्पादनको को-कॄएसन गर्ने क्रममा अनुसन्धान मार्फत नयाँ सूचना, निर्माण तरिका र प्रविधिको पहिचान हुनेछ।

 स्थानीय अनुसन्धानले यसरी विकास गरेका बस्तु र सेवा बजारमा उपलब्धभन्दा उच्च गुणका, कम मूल्यमा अतिरिक्त सेवा दिने गरी बजार पठाउन सकिने प्रकृतिको हुने छ। र अन्ततः विदेशी सीप र ज्ञानको हस्तान्तरण होइन कि प्रविधिको उन्नत परिमार्जनबाट स्थानीय रूपमै इनोभेटिभ उत्पादन सम्भव तुल्याइने छ।

 प्राविधिक र भोकेसनल तालिम प्याकेजको लागि मुलुक भित्रकै अनुभवका आधारमा मुलुकमा आयात प्रतिस्थापन गर्ने नियतले प्राविधिक शिक्षालयहरूले बनाउने हरेक पाठ्यक्रम स्थानीय स्तरमै सञ्चालनमा रहेको इनोभेटिभ उद्योगहरूको सहयोगमा विकास गर्नको लागि सहयोग पुराउने गरी संयोजन गरिने छ।

 जब स्थानीय उद्यमशील उद्यमीहरूसँग मिलेर प्राविधिक शिक्षालयहरूले मुलुकको सन्दर्भमा कस्ता–कस्ता उद्यम विकास गर्न सकिएला भनी गृहकार्य गर्छ, तब स्थानीय वातावरणमा जरुरी हुने सीपमूलक तालिम प्याकेजको विकास हुने छ।

 ताकि आफ्नै हावापानी, माटो र उपलब्ध कच्चा पदार्थ र सीप सुहाउँदो पाठ्यक्रमका प्याकेजहरूले स्थानीय स्तरमा सक्षम र इनोभेटिभ उद्यमहरूको विकास गराउन टेक्नोलोजी ट्रान्सफरको अन्तर्राष्ट्रिय हबको रूपमा उल्लेखनीय भूमिका खेल्ने छ।

 मेमोरेन्डम अफ अन्डरस्ट्यान्डिङको उद्देश्य

 १) मुलुकमा आयात प्रतिस्थापन गर्ने नियतले स्थानीय उद्यमशील उद्यमीहरूसँग मिली मुलुक भित्रै उत्पादित कच्चा पदार्थ र उपलब्ध जनशक्तिको सदुपयोग बाट सम्भाव्य देखिएको कृषि तथा बनका उपजमा आधारित उद्यमको पहिचान गरी स्थानीय स्तरमा जरुरी हुने सीप, ज्ञान र प्रविधिको हस्तान्तरण गर्न आवश्यक सम्पूर्ण गतिविधिमा सहभागी हुने।

 २) नेपालका रैथाने जीवाणु,जडीबुटीजन्य तथा खाद्य, औषधि, आयुर्वेद, जैविक मल, विषादी, वैकल्पिक ऊर्जा र अन्य क्षेत्रमा नमुना उद्यमशीलता विकास गर्ने, प्राविधिक शिक्षालय र प्राविधिक तथा आयुर्वेद विश्व विद्यालय हरूमा उद्यमशील पाठ्यक्रम विकासको प्याकेज विकास गरी स्थानीय कृषि उद्यमशीलताको जनशक्ति उत्पादन गर्न सहयोगी भूमिका खेल्ने।

 ३) नेपाल अधिराज्य भरनै मागका आधारमा निजी लगानीको आइडिया इन्कुबेसन, को-क्रिएसन तथा औद्योगिक इनोभेसनको विस्तार गर्न जरुरी पूर्वदारको रूपमा स्कुल अफ डिसरप्टिब इनोभेसन नेपालको आफ्नै अनुसन्धान लेबरोटरिज, आयुर्वेदिक तथा जडीबुटी प्रशोधन र इनोभेसन केन्द्र स्थापना गरी सञ्चालन गर्ने।

 ४) स्टार्ट द स्टार्टअप र सीपमूलक स्वरोजगार बिस्तारमा सीपमूलक तालिम र बजारमुखी उद्यमशीलताको हस्तान्तरणमा अग्रणी भूमिका खेल्ने।

 ५) कृषि तथा बनका उपजमामा आधारित उद्योगहरूलाई बदलिँदो बजार माग अनुसार आफ्नो उत्पादन र सेवाको सुचारु गर्न सक्षम बनाउन उनीहरूको लागी जरुरी हुने इनोभेटीब कच्चा पदार्थ उत्पादन गरी उपलब्ध गराउने। उक्त उद्योगहरू बाट माग भई आएमा उनीहरूलाई पब्लिक–प्राइभेट कोलाब्रेसन मोडलको वैज्ञानिक तथा प्राविधिक रिसर्च, डेभलपमेन्ट तथा इनोभेसन कार्यको लागि अवसर उपलब्ध गराउने।

 ६) नेपालमा आवश्यक देखिएको सीप, ज्ञान र प्रविधिको हस्तान्तरणको लागी संसारकै अब्बल मानिएका पब्लिक रिसर्च इन्स्टिच्युट, ल्याबरोटरिज, टेक्नोलोजी ट्रान्सफर अफिसेज र इन्क्युबेटर्स हरू संग उपयुक्त नेटवर्क र को–क्रिएसन बिल्डिङ ब्रिजेज विकास गरी नेपालका स्थानीय वैज्ञानिक, पेसेवर प्राज्ञ तथा विज्ञ, उद्यमी, प्राविधिक शिक्षालय र प्राविधिक तथा आयुर्वेद विश्व विद्यालय  र सम्बन्धित सङ्घ संस्था आदिसँग जोड्ने सेतुको काम गर्ने।

 ७) निजी क्षेत्रबाट स्थानीय उद्यमशीलता विकास गर्न सक्षम बनाउन उद्यमी, प्राविधिक शिक्षालय र प्राविधिक तथा आयुर्वेद विश्व विद्यालय  र सम्बन्धित सङ्घ संस्था आदि लाई प्रविधि र कन्टेन्ट दिन सक्षम स्थानीय रूपमै उपलब्ध “‘बडी अफ नलेज” दिने इनोभेसनको इन्क्युबेटर्सको रूपमा कार्यरत “स्कुल अफ डिसरप्टिव इनोभेसन टोरन्टो” ले भूमिका खेल्ने।

 ८) नेपालमा कृषि र हर्बल उत्पादनको आयात घटाउने र निर्यात बढाउन स्थानीय उद्यमशीलता विकासमा जरुरी प्राविधिक सहयोग गर्ने तथा बस्तु तथा सेवाको गुणस्तरको मापदण्डको प्रमाणित गर्ने वा गर्न सहयोग पुराउने।

Skills, knowledge, and technology transfer from Canada to Nepal hold significant importance due to the following reasons:

Overall, skills, knowledge, and technology transfer from Canada to Nepal are crucial and important as they contribute to Nepal's economic growth, capacity building, innovation, sustainable development, global collaboration, and social empowerment. By leveraging the expertise and experiences of Canada, Nepal can accelerate its progress towards a prosperous and sustainable future.